अब देश कसले बनाउँछ” गीत सार्वजनिक (भिडियो)

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ११ चैत । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सन्देशमूलक गीत “देश कसले बनाउँछ” सार्वजनिक भएको छ । पशुपति म्युजिक प्रा. लि.को प्रस्तुति रहेको यस गीतमा चर्चित गायक करण दासको सशक्त आवाज रहेको छ ।

गीतका शब्द तथा संगीत कमल सापकोटाले तयार पार्नु भएको हो भने संगीत संयोजन महराज थापाले गर्नुभएको छ । त्यसैगरी, मिक्सिङ तथा मास्टरिङ सजन शाहद्वारा सम्पन्न गरिएको हो र रेकर्डिङ स्टुडियो सजनमा गरिएको छ ।

गीतको भिडियो निर्देशन शिबन ओख्रेलले गर्नुभएको छ। भिडियोमा सरोज खनाल र स्वयं गायक करण दासको अभिनय देख्न सकिन्छ । छायांकन देनिश खनालले गर्नुभएको छ भने सम्पादन विकास दाहालद्वारा गरिएको हो।

देश, समाज र जिम्मेवारीबारे गहिरो सन्देश बोकेको यस गीतले “देश निर्माण कसले गर्छ?” भन्ने प्रश्नमार्फत हरेक नागरिकको भूमिका र कर्तव्यलाई उजागर गर्न खोजेको छ । समसामयिक सन्दर्भमा तयार गरिएको यो गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक सोच र चेतना फैलाउने विश्वास लिइएको छ ।


उक्त गीत पशुपति म्युजिक प्रा. लि. को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्