चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २९ माघ ।चितवनमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गीतानगरमा भएको दुर्घटनामा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

गीतानगरबाट भरतपुरतर्फ गइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको थियो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्